दार्चुला बाढी पहिरो अपडेट: एकजनाको मृत्यु, सात वेपत्ता
दार्चुला | भदौ २५, २०७९
दार्चुला : अविरल वर्षासँग गए राति दार्चुलामा आएको बाढी र पहिरोमा परी एक जनाको मृत्यु भएको छ । सात जना वेपत्ता छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार महाकाली नगरपालिका–४ स्थित लास्कुखोलामा आएको बाढीमा परी बेपत्ता भएका एकजनाको शव भेटिएको छ । उनको सनाखत हुन सकेको छैन । अन्य सात जना बेपत्ता छन् । महाकाली नदी र लास्कु खोलमा गए राति २ बजेपछि बाढी आएको थियो । खोला आसपासका केही घरसमेत बगाएको साउदले बताउनुभयो ।
यसैगरी नौगाड गाउँपालिकामा पहिरामा पुरिएर दुईजना बेपत्ता भएका छन् । खोला आसपासका ११ घर बगाएको छ । सात जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सहायक प्रजिअ साउदले जानकारी दिनुभयो । घटनामा भएको धनजनको क्षतिको यकिन विवरण आउन बाँकी छ ।
घटनास्थलमा परिचालित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी तथा उद्धार कार्य गरिरहेको छ ।
काठमाडौं: नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि (सोमबार) हुनेछ ।&nb...
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...

